निर्मला घिसिङको ‘आँशु झार्दिन’

काठमाडौँ । सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ नामक आधुनिक गीतको म्युनिक भिडियो सार्वजनिक गरिएको छ । आधार महिला समाज नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जयपुरी घर्तीले उक्त गीतको म्युनिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतमा सहिद शर्माकी धर्मपत्नी भगवती प्रधानको शब्द सङ्कलन रहेको छ, भने गायिका निर्मला घिसिङले स्वर दिएकी छन् ।

रमण थामीले सङ्गित संयोजन गरेको गीतको म्युजिक भिडियोमा कलाकार मिराज विक्रम सिंह, मान्सी शर्मा, टीका बाँस्तोला, गणेश जिसी, मानव चौधरी, सुनिल विश्वकर्मा, कविता पुन मगर, प्रस्तुति परियार, सन्ध्या मगर, सरोज राई, निशा खडका र राधिका साउदले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *