बन्दका कारण प्रधानमन्त्री केपी शर्मा ओलीकाे पर्वत जाने कार्यक्रम रद्द

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पर्वत जाने कार्यक्रम रद्द गरेका छन् । कालीगण्डकी करिडोर प्रसारण लाइनको उद्घाटन गर्न आज प्रधानमन्त्री ओली पर्वत जाने कार्यक्रम तय गरिएकाे थियाे । बिहीबार बिहानमात्रै ओलीले आफू आउन नपाउने जानकारी दिएको नेकपा ओली समूह पर्वतका अध्यक्ष पदम गिरीले बताए ।

प्रधानमन्त्री ओली नजाने भएपछि उक्त प्रसारण लाइनको भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको छ । ‘प्रधानमन्त्रीज्युले भर्चुअलमार्फत उद्घाटन गर्नुहुन्छ, सम्बोधन पनि भर्चुअलमै गर्नुहुन्छ’, गिरीले भने, ‘भोलिको कार्यक्रमको तयारी र अरू व्यस्तताका कारण आउन सकिनँ भनेर प्रधानमन्त्रीले भन्नुभयो।’

प्रधानमन्त्री ओली नआए पनि उर्जामन्त्री टोपबहादुर रायमाझी भने पर्वत जाने गिरीले बताए । कालीगण्डकी करिडोर प्रसारण लाइन उद्घाटनबाहेक पार्टीको अरू कुनै कार्यक्रम नभएको समेत उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *