सुन्दरीजलस्थित खोलामा फसेका पाँच जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिकैको खोलामा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई सकुशल उद्धार गरिएको छ ।

गएराति आकस्मिक रूपमा पानीको बहाव बढ्दा खोलाको बीचमा फसेका उनीहरूलाई नेपाली सेनासहितको टोलीले उद्धार गरेको हो ।

नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको टोलीले, अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा ती तीर्थयात्रीहरूलाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *