भारतका राष्ट्रपति रामनाथ कोविन्दले भोलि बिहीबारदेखि दुई प्रदेशको भ्रमण शुरु गर्ने भएका छन् । उलने भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेङ्लोरका लागि प्रस्थान गर्ने तालिका रहेको छ । भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्ने बताइएको छ ।