काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

काठमाडौं । श्रीलंकाली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन्स लिगमा तेस्रो स्थान हात पारेको छ । बुधबार तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाली पुलिसलाई ३–१ को सेटमा जीत हात पारेको हो ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पनि हेल्प नेपालले श्रीलङ्काली पुलिसलाई ३–० को सेटमा पराजित गरेको थियो । तर, कीर्गिस्तान बिश्केकसँग समान अङ्क ११ भए पनि सेटको २ सेटले पछि पर्दा आधारमा हेल्प नेपाल फाइनल पुग्न चुकेको थियो ।

हिजो हेल्प नेपालले पहिलो सेट २५–२० ले जित्यो । अर्को सेट पनि २५–१५ ले सहजै आफ्नो बनायो । तर, तेस्रो सेट २०–२५ ले गुमाएपछि दबावमा परेको थियो । चौथो सेटमा पुनरागमन गर्दै हेल्प नेपाल २५–२१ ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *