उपाध्यक्ष गिरीलाई विधान विपरीत पदमुक्त गरिएको भन्दै पुनर्वहाली गर्न नेतृत्वलाई राप्रपाका तीन नेताको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन माग गर्दै तीन नेताले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

वरिष्ठ उपाध्यक्ष विकक्रम पाण्डे तथा महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहले स्पष्टीकरणको मौकासमेत नदिइ गिरीलाई पदमुक्त गर्ने कुरा प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई कारबाहीको निर्णय फिर्ता लिन ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले विधान विपरीत पदमुक्त गर्ने गल्ती सच्याएर देशभरीका पार्टीका साथीहरुको भावना समेत बुझ्न आग्रह गरेका छन् । शुक्रबार अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार उपाध्यक्षबाट हटाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *