काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगेकी छिन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भण्डारी च्यासल पुगेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै सदस्यता नवीकरण नभएको भन्दै ओलीले रोक्न खोजिरहेका बेला उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।
दुई दिनसम्म चलेको सचिवालय र पोलिटब्युरो बैठकमासमेत पूर्वराष्ट्रपतिको सदस्यताको विषयलाई लिएर एमालेका नेताहरुबीच पक्ष विपक्षमा बहस भएको थियो । त्यसपछि अध्यक्ष ओलीले आफूले पूर्वराष्ट्रपतिसँग भेटेर कुराकानी गर्ने बताएका थिए ।