विराटनगरद्वारा पुलिस पराजित

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाले शानदार जित निकालेको छ । बुधबार दिउँसो एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

विराटनगरको जितमा पार्वती घलेले खेलको नवौं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पुलिसले खेलमा गोल गर्ने थुप्रै अवसर पाएपनि बललाई जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै विराटनगर ६ खेलमा १० अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस ६ खेलमा ८ अङ्क जोड्दै चौथो स्थानमा छ ।

लिगको अङ्क तालिका

S.No Club Name P W D L GF GA GD Points
1 Nepal APF Club 6 6 0 0 43 0 +43 18
2 Tribhuwan Army Football Club 6 4 1 1 36 2 +34 13
3 Biratnagar Metropolitan City 6 3 1 2 13 15 -2 10
4 Nepal Police Club 6 2 2 2 10 6 +4 8
5 Waling Municipality 6 2 2 2 13 11 +2 8
6 Chandrapur Municipality 6 1 0 5 8 28 -20 3
7 Chaudandigadhi Municipality 6 0 0 6 1 63 -62 0

यससँगै पहिलो राउन्डको समाप्तीमा नेपाल एपिएफ क्लब ६ खेलमा सतप्रतिशत जित निकाल्दै १८ अङ्कको साथ लिगको शिर्ष स्थानमा छ । यस्तै त्रिभुवन आर्मी फूटबल क्लब ६ खेलमा १३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । लिगको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाले अङ्कको खाता खोल्न सकेको छैन । दोस्रो राउन्ड फेब्रुअरी ६ देखि शुरु हुने एन्फाले जनाएको छ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *