पोखरा । भारी वर्षाका कारण पोखराको काहुखोला बाँध फुटेको छ । काहुँ खोलाको बाँध फुट्दा पोखरा १३ काहुखोलाको ढल्केपुल वरिपरि क्षेत्रका घर टहरामा क्षति पुगेको छ ।
बाँध फुट्दा दुई घर जोखिममा परेका छन् । पोखरा १३ वडा अध्यक्ष किरण बरालले बाधँ फुटेपछि दुई तिर बग्नुपर्ने पानी एकका तिर मात्रै बग्दा क्षति भएको जानकारी दिए । बाँध भत्किएपछि आएको बाढीले डुबानमा परेकाको नेपाली सेनाले उद्धार गरेको छ ।