भियतनाममा डुंगा दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु

भियतनाम । भियतनामको लोकप्रिय पर्यटकीय क्षेत्र हा लङ बेमा शनिबार पर्यटक बोकेको डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका केही व्यक्ति अझै बेपत्ता छन् भने उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

दुर्घटना खराब मौसमका कारण भएको जनाइएको छ । भारी वर्षा र आँधीका बीच ‘वण्डर सिज’ नामक डुंगा पल्टिएको थियो ।

डुंगामा ५३ जना सवार रहेका र तीमध्ये अधिकांश राजधानी हानोईबाट घुम्न आएका भियतनामी परिवारहरू रहेका बताइएको छ ।

भियतनामी सीमा सुरक्षा बल र नौसेनाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा एक्कासी आएको आँधीका कारण डुंगा दुर्घटनामा परेको उल्लेख गरिएको छ । अहिलेसम्म ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *