बन्द प्रशिक्षणको लागि रोहितसहित २० खेलाडी भारत जाने (सूचीसहित)

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीको लागि भारत जाने नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० खेलाडीको नाम घोषणा गरेको हो ।

क्यानका अनुसार २० खेलाडी बन्द प्रशिक्षणको लागि भारतको बैंगलोर जानेछन् भने बाँकी १२ खेलाडीले नेपालमै प्रशिक्षण गर्नेछन् । क्यानले यसअघि बन्द प्रशिक्षणको लागि ३२ खेलाडी सार्वजनिक गरेको थियो । नेपालमै बस्ने टोलीमा सन्दीप लामिछाने, सोमपाल कामी, गुलसन झा, करण केसी लगायत रहेका छन् ।

क्यानले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सहयोगमा बैंगलोरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण साउन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।

भारत जाने नेपाली टोली

रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह,  भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *