चीनको आपत्तिपछि राष्ट्रसङ्घ सुरक्षा परिषद् म्यान्मार वक्तव्य निकाल्न विफल

चीनले आपत्ति जनाएपछि म्यान्मारमा भएको सैन्य कूको निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् विफल भएको छ। म्यान्मारको सेनाले सोमवार आङ सान सुची र सयौँ अरू सांसदहरूलाई गिरफ्तार गरेर शासन हातमा लिएको हो।

सैनिक कूका नेताहरूले मन्त्रिपरिषद्‌भन्दा माथि रहने गरी सर्वोच्च परिषद् स्थापना गरेका छन्। मङ्गलवार राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकबाट चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको हो।

म्यान्मारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *