काठमाडौं । भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी साढे २४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टीकाराम राउतलाई रंगेहात घुससहित पक्राउ गरेको हो ।
मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ ।