तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

दार्चुला । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

मध्यान्ह १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *