अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

लुइजियाना । अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको शनिबार राति कार दुर्घटनामा मृत्यु भएको छ भने अन्य दुई विद्यार्थी घाइते भएका छन् ।

लुइजियाना स्टेट पुलिसका अनुसार कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । प्रहरीका अनुसार यादवले चलाएको कारमा ओलीसहित चारजना सवार थिए ।

कार भारी वर्षाका कारण अनियन्त्रित भई सडकबाट बाहिरिँदै रूखमा ठोक्किएको थियो। ठोक्किएलगत्तै गाडीमा आगलागी भएको थियो । दुर्घटनास्थलमै यादव र ओलीको ज्यान गएको पुष्टि गरिएको छ । घाइते अन्य दुई यात्रुको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

लुइजियाना टेक विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। विश्वविद्यालयले मृतक विद्यार्थीहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *