काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । बसुन्धरा किङ्स एरिनामा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:१५ बजे शुरू हुनेछ ।
नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । यसअघि आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-२ गोलले पराजित भएको थियो । खेलमा २-० गोलले पछि परेको स्थिति उल्टाउँदै २-२ गोलको बराबरी गरेपनि इन्जुरी समयमा गोल बेहोर्दा नेपाल ३ अंक गुमाउन बाध्य भएको हो । पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले पराजित थियो ।
यता श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग ९-१ र दोस्रो खेलमा भुटानसँग ५-० गोलले पराजित भएको थियो ।
हाल नेपाल दुई खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्काको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड–रोबिनको आधारमा हुने हुनेछ ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।