काठमाडौं । साफ यु-२० म्महिला च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । शुक्रबार बेलुकी सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलले हराउँदै नेपालले प्रतियोगितामा शुखद शुरुवात गरेको हो ।
वशुन्धरा किंग्स एरिनामा भएको खेलमा नेपाललाई जित दिलाउन पुर्णिमा राईले चार गोल गर्दा सनु परियारले दुई गोल गरिन् ।
जितसँगै नेपालले तीन अंक जोडेको छ ।
