फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्रीबाट सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी आम्दानी हुने उक्त कम्पनीले मंगलबार जानकारी गराएको छ ।
कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ।’
फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।
