रुसद्वारा अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता

बीबीसी । रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । बिहीबार मात्र काबुलमा विदेशमन्त्री मुत्ताकीले रुसका राजदूत दिमित्री जिरनोभसँग भेटवार्ता गरेका थिए ।

अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई रुसको कदमलाई ‘साहसिक’ निर्णयको संज्ञा दिएका छन् । तालिबान सरकारलाई मान्यता दिने रुप पहिलो मुलुकसमेत बनेको छ ।

भेटमा राजदूत जिरनोभले इस्लामिक इमिरेट अफगानिस्तानलाई मान्यता दिने निर्णय गरेको जानकारी गराएका थिए । मुत्ताकीले रुस र अफगानिस्तानबीचको ‘सकारात्मक सम्बन्ध, पारस्परिक सम्मान र रचनात्मक संवाद’ अरु देशका लागि उदाहरण हुने बताएका छन् ।

सन् २०२१ अगस्टमा सत्ता कब्जा गरेसँगै मानवअधिकार उल्लंघनका घटना बढिरहेको छ । यसका बाबजुद अफगानिस्तानले औपचारिक मान्यता र अन्तर्राष्ट्रिय लगानीका लागि आग्रह गर्दै आएको थियो । यसैवर्षको अप्रिलमा रुसले तालिबानलाई आतंकवादी संगठनको सूचीबाट हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *