महिला एसियन कप छनोटमा नेपालको लगातर दोस्रो जित

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले लागातार दोस्रो जित निकालेको छ । बुधबार बेलुकी भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा गीता रानाले दुई तथा पुजा राना, रेखा पौडेल र निशा थोकरले समान एक/एक गोल गरे । नेपालले दुवै हाफमा चार/चार गोल गरेको हो ।

जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । दुवै खेलमा पराजित श्रीलंका अंकविहीन छ । अब नेपालले समूहचरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेलमा जित निकाल्न सकेको खण्डमा नेपाल महिला एसिया कपमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *