मिक्वाखोलाका वडाध्यक्ष साँवाको निधन

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको निधन भएको छ । मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ ल्याउँदै गर्दा शनिबार साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडाध्यक्ष साँवा लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । शुक्रबारसम्म वडा कार्यालयको काममा सक्रिय उनको स्वास्थ्य शनिबार बिहानदेखि बिग्रन थालेपछि परिवारका सदस्यले उनलाई उपचारका लागि जिल्ला अस्पताल फुङ्लिङ ल्याउने क्रममा बाटोमा नै उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *