म्यान्मारको सेनालाई आङ सान सुकीको रिहा र प्रजातन्त्र पुनर्स्थापना गर्न जापानकाे आग्रह

काठमाडाैँ । जापानले आज  म्यान्मारको सेनालाई आङ सान सुकीकाे रिहाइ र प्रजातन्त्र पुनर्स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो पुनर्स्थापना गर्न आग्रह गरिएको छ ।

जापानले म्यान्मारकाे प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रुपमा समर्थन गर्दै आएको भन्दै म्यान्मार पुनः पछाडि फर्केको यस कार्यको विरोध गरेको जनाइएको छ। टोकियोमा सयौंले संयुक्त राष्ट्र युनिभर्सिटीबाहिर प्रदर्शन गर्दै सोमबार सेनाले नियन्त्रणमा लिएको आङ सान सुकीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेको छ।

म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ। आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ। जापानले लामो समयदेखि म्यान्मारसँग न्यानो सम्बन्ध राख्दै आएको र पर्याप्त सहायता र निजी लगानी गर्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *