सुनुवाइ समितिले आज सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल गर्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग छलफल गर्दैछ ।

समितिले उजुरीकर्तालाई आज बिहान साढे ११ बजे बैठकमा बोलाएको छ । उनीहरुविरुद्ध समितिमा सात वटा उजुरी परेका छन् । समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका छन् ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषद्को बैठकले सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । समितिले आगामी आइतबार प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *