काठमाडौं। म्यानमाका सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छिन । सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उनी पक्राउ परेको पुष्टी गरेको छ । म्यानमामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनवा बढीरहेको बेला सेनाले सत्ता हातमा लिन यो कदम चालिएको अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भन्दै आएको थियो। म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उनलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो । नयाँ गठित तल्लो सदन आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो । म्यानमारका राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
आङसाङसुकी ‘पक्राउ’ सैनिक ‘कू’ को आशंका
