नाभाल्नीको समर्थनमा हजारौ रुसी सडकमा

मस्को । करगारमा थुनिएका रुसी विपक्षी राजनीतिक नेता एलेक्सेइ नाभाल्नीको समर्थनमा रसियाभरि हजारौ व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । सो प्रर्दशन लगातार दोश्रो सातामा प्रवेश गरेको छ । आइतवार व्यापक गिरफतारीको वावजुद पनि रसियाको सुदुर पुर्वी भाग देखि साइवेरिया सम्म पनि स्वत स्फुर्त रुपमा मानिसहरु सडकमा ओर्लेका छन् ।
राजधानी मस्कोमा भने विरोध ¥यालीहरुलाई नै मध्यनजर राख्दै कोरोना भाइरस नियन्त्रणको नाममा कडा सुरक्षा लकडाउन गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कट्टर आलोचकको रुपमा चिनिने नाभाल्नीलाई केही दिन अघि जर्मनीबाट मस्को आउने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।
उनले सरकार पक्षले नै आफुमाथि विष प्रयोग गरेको आरोप पनि लगाउँदै आएका थिए । संयुक्त राज्य अमेरिका लगायत थुप्रै युरोपेली मुलुकहरुले नाभाल्नीको तत्काल रिहाइका लागि रसियालाई दवाव दिएका थिए । माइनस २० डिग्री सेल्सिय तापक्रमको वेवास्ता गर्दै आइतवार रसियाको तेश्रो सबैभन्दा ठूलो शहर नोभोसिविस्र्कमा ६ हजार भन्दा बढी रुसी जनताले सरकार विरुद्ध विचारोत्तेजक नारा लगाउँदै जुलुसमा भाग लिएका थिए । आइतवार बेलुका सम्ममा मात्र रसियाभरि ५ सय जना भन्दा बढिलाई गिरफतार गरिएको सरकारी संचार माध्यमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *