दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन सचिवहरुले गरेको लविङबाट सरकारले खुट्टा नकमाओस्ः वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएर आएको सङ्घीय निजामती सेवा विधेयक २५ जना सचिवले रोकेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पाण्डेले विधेयकका सम्बन्धमा शीघ्र आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

उनले दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएपनि सरकारलाई खुट्टा नकमाउन आग्रह गरे ।

उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *