निजामती विधेयक तत्काल पारित गर्ने व्यवस्था मिलाउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयक तत्काल पारित गर्न माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल विधेयक पारित गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

उनले संसदी समितिबाट पारित भएर संसद पुगेको विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको उनले आपत्ति जनाए ।

उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए । पाण्डेले संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भएपनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *