दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चीसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ । विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चीसो भएको छ ।
यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चीसो रहेका रेकर्ड रहेको थियो । सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चीसो समय मानिने विभागले जनाएको छ ।
तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चीसो (कोल्ड वेभ) हो । विभागअन्तर्गतक्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, “यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलो पटक आठ दिन तापक्रम चीसो रहेको पाइएको छ । जवकी १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चीसो रहेको थियो ।”
उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चीसो एक दिन मात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए । श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चीसो भएका हुन् ।
