प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध जारी, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् । बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए ।

कार्कीले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै आपत्ति जनाइन् । उनले आफूहरुले गृहमन्त्रीलाई अपराधी नभनेको र यो प्रकरण छानबिन गर्न माग गरेको बताइन् ।

उनले २०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको बताइन् । उनले बोलेपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिइएको थियो ।

तर रास्वपा र राप्रपाका सांसदले नाराबाजी गरेपछि सभामुखले बैठक आधाघण्टाका लागि स्थगित गरेका छन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *