फेसबुकमा ‘अलबिदा’ लेखेका डा. श्रेष्ठले यसरी राखे गृहमन्त्रीसमक्ष आफू निशानामा परेको कुरा

काठमाडौँ । सामाजिक संजालमा ‘अलबिदा’ लेखेर बेपत्ता भइ पछि सकुशल भेटिएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलबार बिहान श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई भेटेका हुन् । भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । उनले माओवादीका एक पूर्व सांसदकी छोरीलाई स्पष्टिकरण सोधेपछि आफू निशानामा परेको समेत बताए । उनले आफूलाई रामेछापमा पोष्टिङ गर्दा समेत पार्टी र मन्त्रीबाटै फोन लगाएको समेत स्मरण गराए ।

गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका थिए । त्यसक्रममा गृहमन्त्रीले गृहसचिवलाई टेलिफोन गरी रामेछापका प्रमुख जिल्ला अधिकारीलाई यसबारे डिटेल जानकारी गराउन निर्देशन दिएका छन् ।

डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृह मन्त्रालयले चासो राखिदिएकोमा धन्यवाद दिएका थिए । उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।

सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका उनलाई गृह मन्त्रालयको बिज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो ।

दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । डाक्टर श्रेष्ठले आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको निकै लामो पोस्ट फेसबुकमार्फत बाहिर ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *