प्रज्जवल थापा । राष्ट्रिय माहिला लिगमा आज विभागीय टोली एपिएफ र चौदण्डीगढी नगरपालिका उदयपुर भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।
एपिएफ लिगमा एकमात्र अपराजित टोली रहेको छ । एपिएफले लिगको पछिल्लो पाँच खेलमा सतप्रतिशत जित निकालेको थियो । लिगमा एपिएफ विरुद्व कुनैपनि टोलीले गोल गर्न सकेका छैनन् । हाल एपिएफ ५ खेलमा १५ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ ।
ठिक विपरित चौदण्डीगढी नगरपालिकाले भने लिगमा अहिलेसम्म जित निकाल्न सकेको छैन । पछिल्लो चारै खेलमा पराजित भएको चौदण्डीगढी लिगको पुछारमा छ ।
यस्तै आजै हुने पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लबले विराटनगर महानगरपलिकाको सामना गर्नेछ । खेल एन्फा कम्प्लेक्समा दिउँसो ११:३० बजे हुनेछ ।
तस्बिर:- एन्फा
