नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत केहिबेरमा शुरु हुने नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । टिटवुडमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आज १ सय औँ टी-२० आई खेल्न लागेको हो । नेपालका लागि आज रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन् ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, लोकेश बम, अनिल सहा, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, किरण थागुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सोमपाल कामी, ललित राजवंशी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *