टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय रमा बस्नेतलाई आइतबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोले ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल पुर्याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको जनाएको छ ।

बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान सुरू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *