हवना। क्युवामा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ ।दुर्घटनामा परेर चालक दलका सदस्यको पनि मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनामा परेको क्युवाको रक्षा मामिला मन्त्रालयले जनाएको छ ।
हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको जनाइएको छ ।क्युवामा यसअघि सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटना हुँदा एक सय १२ यात्रुको ज्यान गएको थियो ।
