अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा नौ जनाको मृत्यु

भियना । अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । गोली हानाहानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् ।

अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो ।

घटना स्थलमा हेलिकप्टरसहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *