आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी । स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आज आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । डुन्डेस्थित फोर्टहिलमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शरू हुनेछ ।

पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । सोमबार भएको खेलमा अलराउन्डर करण केसीले अर्धसतकिय इनिंस खेलेपछि नेपालले घरेलु टोली स्कटल्याण्डलाई हराउन सफल भएको थियो ।

यता नेदरल्यान्ड्स भने सिरिजको पहिलो खेल खेल्न लागेको हो । नेदरल्यान्ड्स पछिल्लो समय उच्च लयमा रहेको छ । नेदरल्यान्ड्सले पछिल्लो ५ खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । हाल नेदरल्यान्ड्स २० खेलबाट १२ जित, ६ हार र दुई खेलमा अंक बाढ्दै २६ अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

यता नेपालले भने पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा दुई हार बेहोरेको छ भने एक खेलमा अंक बाढेको छ । हाल नेपाल लिगको १३ खेलबाट ३ जित, ८ हार र दुई खेलमा अंक बाढ्दै ८ अंकको साथ तालिकाको सातौँ स्थानमा रहेको ।

नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच भेटमा नेदरल्यान्ड्सले तीन खेल जित्दा नेपालले दुई खेल जितेको छ । गत वर्ष फेब्रुअरीमा किर्तिपुरमा भएको एक खेलमा नेपाल विजयी हुँदा एक खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *