महिला लिगमा आज वालिङ र एपिएफ भिड्दै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज वालिङ नगरपालिका स्याङ्जा र विभागिय टोली नेपाल एपिएफ क्लब भिड्दै छ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।

लिगमा अपराजित रहेको एपिएफ आजको खेलमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । एपिएफ लिगको पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकाल्दै १२ अङ्कको साथ शिर्ष स्थानमा छ । यता वलिङलेपनि पछिल्लो खेलमा चौदण्डीगढीमाथि १०-० गोलको फराकिलो जित हात पारेको थियो । वालिङको जितमा विदेशी खेलाडी मेथो एक्लैले ६ गोल गरेकी थिइन् ।

यस्तै आजै हुने पहिलो खेलमा बिराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरको सामना गर्नेछ । खेल ११:३० बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *