प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । आज दिउँसो भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापा र रश्मी घिसिङले ४/४ गोल गर्दा बिमला चौधारी र शर्मिला मगरले एक/एक गोल गरिन् । आर्मीले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप ६ गोल थपेको थियो । चन्द्रपुरले भने आर्मीको पोस्टमा गतिलो आक्रमण गर्न सकेन ।
जितसँगै आर्मी ४ खेलमा ७ अङ्क दोस्रो स्थानमा उक्लिएको छ ।
तस्बिर:- एन्फा
