अर्घाखाँची। अर्घाखाँचीको पाणिनी गाउँपालिका– ६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।
वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरूलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो ।
यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए । वडाले आफूहरूका लागी तीर्थयात्राको व्यवस्था गरेकोमा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो । यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए ।