काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।