अछाम । अछामको साँफेबगरमा भएको आगलागीबाट १० पसल जलेर नष्ट भएका छन् । शनिबार बिहान भएको आगलागीबाट साँफे हाटबजार पुरानो बसपार्क सँगै रहेका १० पसल जलेर नष्ट भएका छन् ।
बिहान साढे तीन बजेको समयमा शुभेच्छा म.म. सेन्टरमा विद्युत सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गंगबहादुर कुँवरको कालभैरव जनरल स्टोर, मकर कुँवरको रिभरसाईड नास्ता पसल, टीका कुँवरको ब्युटीपार्लर, ज्ञानेन्द्र कुँवरको डाक मोवाईल ग्यालरी, दिक सुनारको कालभैरव सुनचाँदी पसल, भीम कुँवरको रोडसाईड रेष्टुरेन्ट, सुमन कुँवरको इभी. काउन्टर, किशोर भाटको नास्ता पसल र सुरेश कुँवरको सितल होटलमा क्षति पुगेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो ।
फोटोः तारामान खड्काको फेसबुकबाट