काठमाडौं । नेपालले स्कटल्याण्डमा त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने भएको छ । क्रिकेट स्कटल्यान्डले बिहीबार आगामी जुनमा हुने सिरिजको तालिका सार्वजनिक गरेको हो ।
सिरिजमा घरेलु टोली स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्नेछन् । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज सकिए पश्चात तीन टोलीले १५ जुन देखि २० जुनसम्म टी-२० आई सिरिज खेल्नेछन् ।
नेपालले आफ्नो पहिलो खेल १६ जुनमा नेदरल्यान्ड्स, दोस्रो खेल १७ जुनमा स्कटल्याण्ड, तेस्रो खेल १८ जुनमा नेदरल्यान्ड्स र चौथो खेल २० जुनमा स्कटल्याण्डसगै खेल्नेछ ।