काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स लिगको फाइनलमा पुगेको हो ।
पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरेका थिए । पोखरा पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । उपाधिका अब पोखराले शनिबार साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
एलिमिनेटर खेलमा पोखराले चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो।