यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय

काठमाडौं । सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ । त्यस्तै बैठकले सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन नेपान सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बैठकले वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मुलुकमा सुशासन कायम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा पन्ध्र सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *