लखनउमाथि दिल्लीको सहज जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टसमाथि सहज जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

जारी आईपीएलमा दिल्लीले लखनउलाई दोस्रो पटक पराजित गरेको हो । जितको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । दिल्लीलाई जित दिलाउन केएल राहुलले ५७ रन बनाए भने अविशेक पोरेलले ५१ र कप्तान अक्सर पटेलले ३४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । लखनउका लागि  एडन मार्क्रमले ५२, मिचेल मार्शले ४५ र आयुष बडोनीले ३६ रन बनाएका थिए ।

दिल्लीका लागि मुकेश कुमारले ४ विकेट लिए ।

जितसँगै दिल्ली ८ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ९ खेलबाट १० अंक जोडेको लखनउ पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *