आर्मीलाई हराउँदै पुलिस लुम्बिनी कपको फाइनलमा

नेपालगन्ज । नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रित महिला फूटबलको फाइनलमा पुगेको छ । मङलबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई सडन डेथमा ६-५ गोलले हराउँदै पुलिसले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

नेपालगन्ज रंगशालामा भएको खेलको निर्धारण ८० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा पुलिसकी गोलरक्षक उषा नाथ नायक बन्दै टोलीलाई जित दिलाएकी हुन् ।

अब पुलिसले फाइनल खेलमा भोलि नेपाल एपीएफ क्लब र रौतहट जिल्ला फूटबल संघबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *