काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित समितिका संयोजकमा पुनः नवराज सुवेदी तोकिएका छन् ।
सुवेदीलाई नजरबन्द मुक्त गरिएसँगै मंगलबारबाट पुनः सुवेदीलाई संयोजकको जिम्मेवारी हस्तान्तरण गरिएको जगमान गुरुङले जानकारी दिएका छन् ।
सुवेदीलाई घरमै नजरबन्दमा राखिएपछि यसअघि गुरुङलाई संयोजकको जिम्मेवारी तोकिएको थियो । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सुवेदी घरमै नजरबन्दमा थिए । उनको घरमा मंगलबारबाट प्रहरीले निगरानी छाडेको छ ।