क्यानले ‘कोर क्याप’ आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्याण्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि ‘कोर क्याम्प’को आयोजना गर्ने भएको छ । क्यानले सिरिजको लागि खेलाडी छनोट गर्न बुधबार ‘कोर क्याप’को आयोजना गर्ने जानकारी दिएको हो ।

कोर क्यापको लागि छनोट भएका खेलाडीलाई चार समूूह नेपाल ब्लु, नेपाल ग्रीन, नेपाल रेड र नेपाल एल्लोमा बिभाजन गरिएको छ । पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएपनि ५२ सदस्यीय टोलीलाई चार टिममा विभाजित गरेर क्याम्प सञ्चालन गर्ने क्यानले जानकारी दिएको छ ।

टोलीमा यू-१९ विश्वकप छनोट खेलेका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका हुन् । चारवटै टोलीका बीच डबल राउन्ड रोबिनको आधारमा खेलहरू संचालन हुनेछ । सबै खेल अप्रिल २६ देखि मे ३ सम्म माथिल्लो र तल्लो मुलपानीमा हुनेछ ।

नेपाल ब्लु : रोहित कुमार पौडेल (क्याप्टेन), प्रज्जवल थापा (विकेटकिपर), देव खनाल, अनिल कुमार साह (विकेटकिपर), शाकिब हक, सुर्य तामाङ, सुन्दीप जोरा, कुशल मल्ल, गुलशन कुमार झा, हेमन्त धामी, करण केसी, दिपेश प्रसाद कँडेल, युवराज खत्री

नेपाल ग्रिन : आसिफ शेख (क्याप्टेन / विकेटकिपर), सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेक कुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ला, रसिद खान, सन्तोष यादव

नेपाल रेड : सन्दीप लामिछाने (क्याप्टेन), अर्जुन साउद (विकेटकिपर), त्रितराज दास, भीम शार्की, शुभ कंसाकार, शहाब आलम, बसीर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिष जीसी, नरेन भट्ट

नेपाल एल्लो : दिपेन्द्र सिंह ऐरी (क्याप्टेन), विनोद भण्डारी (विकेटकिपर), मयन यादव, कुशल भुर्तेल, सुजन थापालिया, ललित नारायण राजबंशी, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रूपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दिपेन्द्र रावत

Leave a Reply

Your email address will not be published. Required fields are marked *