झारखण्डमा सुरक्षाकर्मीसँगको भिडन्तमा टाउको मूल्य एक करोड तोकिएका विद्रोहीको मृत्यु

नयाँदिल्ली । भारतको झारखण्ड राज्यमा सोमबार सुरक्षाकर्मीहरूसँगको भिडन्तमा कम्तीमा आठ जना सशस्त्र विद्रोही (नक्सलवादी) मारिएका प्रहरीले पुष्टि गरेको छ ।

मारिएका मध्ये एक विद्रोहीको टाउको मूल्य एक करोड भारतीय रुपैयाँ रहेको थियो, जसलाई नक्सल विरुद्धको अभियानमा ठूलो सफलता मानिएको छ ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट दुईवटा राइफल, केही सैनिक हतियार, एकवटा पेस्तोल र आठवटा देशी बन्दुक बरामद गरेका छन् ।

सुरक्षाकर्मी र विद्रोहीबीचको यो भिडन्त झारखण्ड राज्यको बोकारो क्षेत्रमा सोमबार बिहानै सुरु भएको थियो । भारतका गृहमन्त्री अमित शाहको कार्यालयले यो सफलतालाई नक्सलवाद उन्मूलन अभियानको एक महत्वपूर्ण उपलब्धि भनेर प्रशंसा गरेको छ ।

नक्सलीहरू आफूहरू स्थानीय आदिवासीहरूको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् र उनीहरू विगतका केही दशकदेखि भारतका विभिन्न राज्यहरूमा सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *