बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार बिहान बुटवलको बुद्ध नगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको कम्मर माथि गोली लागेको छ । रैनादेवि छहरा घर भई बुटवल ११ बुद्ध नगर बस्ने विष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

रानाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुन सक्ने स्थानीयले आशंका गरेको बताए । गोली प्रहारमा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *